भरतपुर महानगर पालिकाका उप प्रमुख चित्रसेन अधिकारी शनिबार भरतपुरका विभिन्न कार्यक्रमहरुमा सहभागी रहनु भयो । आत्म ज्ञान प्रचार संघ भरतपुरले आयोजना गरेको जिबनका लागि शान्ति नामक ज्ञान ज्योति कार्यक्रममा सहभागिता जनाउनु भयो । सोही कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले जिबनयापनका लागि यस्ता कार्यक्रमहरु सधै जसो हुन आबश्यक रहेको बताउनु भयो । यस्ता ज्ञानका कुराहरुले मानव जीवन सार्थक हुनेमा पनि बिश्वास व्यक्त गर्नु भयो ।
त्यस्तै मारवाडी सेवा केन्द्र नारायणगढले शनिबार नारायणगढमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाइ स्वागत तथा सम्मान कार्यक्रममा पनि सहभागीता जनाउँदै उप प्रमुख अधिकारीले सम्मान आफ्नो लागि नभई सम्पुर्ण महानगर बासिहरुका लागि भएको बताउनु भयो । महानगर बासिहरुले जनप्रतिनिधिहरुलाइ गरेको सम्मान ले थप जिम्मेवारी सगै उर्जा थपेको पनि स्मरण गर्नु भयो । उहाँले महानगरको बिकासमा मारवाडी क्षेत्रको महत्त्वपूर्ण भुमिका रहेको पनि बताउनु भयो । उप प्रमुख अधिकारीले बजारलाइ सफा, सुन्दर र ब्यबस्थित बनाउने सवालमा महानगर कहिल्यै पनि पछि नहट्ने अठाेट पनि गर्नु भयो । उहाँले महानगरले छिट्टै नै जेष्ठ नागरिक बस सन्चालन गर्न लागेको पनि बताउनु भयो ।
कार्यक्रममा मारवाडी सेवा केन्द्र नारायणगढका सस्थापक अध्यक्ष चन्द्रगोपाल अग्रवाल, सस्थाका बर्तमान उपाध्यक्ष प्रेम राठि,मारवाडी युवा मन्च नारायणगढका अध्यक्ष सन्जय अग्रवाल,भरतपुर महानगर पालिका वडा न १ का अध्यक्ष केशब मर्हजन लगायतले मन्तव्य राख्नु भएको थियोे । कार्यक्रममा भरतपुर २ का अध्यक्ष मनोज रानाभाट, ३ का अध्यक्ष बिकास थापा, ४ का अध्यक्ष अर्पण पोख्रेलको पनि उपस्थिति रहेको थियोे ।
Discussion about this post