Nirvik Khabar

भरतपुरका विभिन्न क्षेत्रमा आज र भोलि दिनभर विद्युत् अवरुद्ध हुने

Advertisements
Single Page Long - 2

चितवन- भरतपुर महानगरपालिका विभिन्न स्थानमा दुई दिन दिनभर विद्युत् अवरुद्ध हुने भएको छ । विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले जारी गरेको सूचनामा असार १० गते आज र ११ गते भोलि दिनभर विद्युत् अवरुद्ध हुने जानकारी दिइएको छ । बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म विभिन्न फिडरहरुमा लाइन अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिबकुमार सिंहले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रसारण निर्देशनालयको पत्रअनुसार विभिन्न फिडरहरु जीर्ण अवस्थामा रहेकोले उक्त फिडरहरुको स्तरोन्नतिको लागि बसेनी स्थित १३२/ ११ केभी सबस्टेशनबाट वितरण हुने स्थानहरुमा विद्युत् अवरुद्ध हुनेछ ।

१. भरतपुर १ फिडर – स्थानहरु भरतपुर ७ र भरतपुर १०
२.भरतपुर २ फिडर – स्थानहरु भरतपुर १२, भरतपुर ९, भरतपुर ८ गौरीगञ्जसम्म
३. औद्योगिक १ फिडर -स्थानहरु भरतपुर ९, भरतपुर ८ र भरतपुर ५ मा रहेका उद्योगहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस