चितवन-पेट्रोलियम पदार्थको मूल्यवृद्धि, एसपिपी सम्झौता, रासायनिक मलको अभाव लगायतको विरोधमा चितवनको भरतपुर स्थित सप्तगण्डकी बहुमुखी क्याम्पसका विद्यार्थीहरुले बिरोध प्रर्दशन गरेका छन । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता कार्यकर्ताहरुले आज बिहान क्याम्पसको मुलद्वारमा मुखमा कालोपट्टी टेप लगाएर अर्धनग्न अबस्थामा प्रर्दशन गरेका हुन । उनीहरूले सरकारविरूद्ध चर्का नाराबाजी समेत गरेका हुन । उनीहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णय फिर्ता लिन, महँगी नियन्त्रण गर्न, किसानलाई पर्याप्त रासायनिक मल उपलब्ध गराउन, बलात्कारीलाई सजाय दिन, एसपिपी सम्झौता खारेज गर्न, अर्थ मन्त्रालयको सिसिटिभी फुटेज सार्वजनिक गर्न माग गरेका थिए। उनिहरुले कोणसभा समेत सम्पन्न गरेका छ्न । महँगीले बच्नै नसकिने अबस्था सिर्जना भएपछी सरकारका विरुद्ध विद्यार्थीहरु स्वस्फूर्त रुपमा बिरोधमा उत्रिएका अनेरास्ववियु सप्तगण्डकी क्याम्पस कमिटी अध्यक्ष महेश सापकोटाले बताउनु भयो ।
Discussion about this post