Nirvik Khabar

काठमाडौँमा दुई जना हैजाका बिरामी भेटिए

निर्भीक खबर
निर्भीक खबर

काठमाडौँ : काठमाडौँमा दुई जनामा हैजा भेटिएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई जनामा हैजा पुष्टि भएको जानकारी दिएको हो ।

उनीहरू शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा २ जेठमा भर्ना भएका थिए । १८ र २३ वर्षका उनीहरू काठमाडौँ महानगरपालिका–२८ बागबजारमा बसोबास गर्दै आएका एउटै परिवारका सदस्य भएको मन्त्रालयले जनाएको छ ।

गर्मी तथा वर्षा याममा झाडापखाला, हैजा तथा पानीजन्य रोगहरू फैलिने भएकाले सतर्क रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ । हैजा सम्बन्धी कुनै लक्षण देखिए तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

0
VIEWS
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available