काठमाडौं । लामो समयउपछि काठमाडौं उपत्यकालाई राम्रै महसुस हुने गरी हल्लाएको छ । शनिबार बिहान सबै निद्रामा भएका बेलामा भूकम्पले हल्लाएको हो ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान २ः३६ बजे भक्तपुरको चाँगुनारायण केन्द्रबिन्दू भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको हो ।
उपत्यकाभित्रै केन्द्रबिन्दू भएकाले राम्रैसँग महसुस हुने गरी भूकम्प गएको हो । यसको महसुस भक्तपुर, काठमाडौं र ललितपुरमात्र नभइ छिमेकी जिल्लाहरुमासमेत परेको छ ।
मानिसलाई भन्दा पहिले चराचुरुङ्गी र कुकुरलाई भूकम्पको झड्काबारे महसुस हुने भनिए पनि निद्रामै रहेका चराचुरुङ्गी र कुकुरहरु भूकम्प आएपछि मात्रै कराएका थिए ।उपत्यकामा लामो समयपछि यहीं केन्द्रबिन्दू भएर यतिठूलो झड्का आएको हो ।
Discussion about this post