Nirvik Khabar

निमन्त्रणपत्रमै ‘दहेज मुक्त विवाह’भन्ने सन्देश प्रवाह गर्न उपसभामुखको आग्रह

Advertisements
Single Page Long - 2

उपसभामुख रुविकुमारी ठाकुरले विवाह निमन्त्रणापत्रमै ‘दहेज मुक्त विवाह’ भन्ने सन्देश प्रवाह गर्न आग्रह गरेकी छन् सामाजिक सञ्जालमार्फ् उनले पछिल्लो समय आफूले प्राप्त गरेका धेरै निमन्त्रणापत्रहरूमा दाइजोमुक्त विवाहको भन्ने सन्देश नदेखेको भन्दै उनले समाज अझै दाइजो प्रथाबाट पूर्ण रूपमा मुक्त हुन नसकेको बताएकी हुन्।‘हालै मैले धेरै विवाहका निमन्त्रणापत्रहरू प्राप्त गरिरहेको छु। तर तीमध्ये कुनै पनि कार्डमा ‘दहेज मुक्त विवाह’ भन्ने स्पष्ट उल्लेख देख्न पाइएको छैन,’ ठाकुर सामाजिक सञ्जालमा लेखेकी छन् ‘यसले हाम्रो समाज अझै दाइजो जस्तो गम्भीर कुरीतिबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गर्छ।’

दाइजो लिनु र दिनु मात्र होइन, दाइजोको लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय विषय भएको उनले बताएकी छन्। ‘यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्‍याउँछ,’ उनले भनेकी छन्, ‘यदि हामी साँच्चिकै समाज परिवर्तनको कुरा गर्छौं, देश विकासको सपना देख्छौं र सामाजिक कुरीतिका विरुद्ध उभिन चाहन्छौं भने परिवर्तनको सुरुवात हामी आफैंबाट गर्नुपर्छ। व्यक्तिगत स्तरबाट उठाइएको सानो कदमले पनि ठूलो सामाजिक रूपान्तरण सम्भव हुन्छ।’

उनले दाइजो लेनदेन भएको विवाहमा आफू सहभागी नहुने पनि उनले बताएकी छन्। ‘दाइजो लेनदेन भएको विवाहमा म सहभागी हुन असमर्थ रहने जानकारी गराउन चाहन्छु। कृपया दहेज मुक्त, समानतामा आधारित र सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गरौं,’ उनले भनेकी छन्, ‘विवाह निमन्त्रणापत्रमा ‘दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो’ भन्ने स्पष्ट सन्देश समावेश गरी पठाउन हार्दिक अनुरोध गर्दछु।आउनुहोस्, हामी सबै मिलेर दाइजोमुक्त समाज निर्माणतर्फ ठोस पाइला चालौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस