। नेपाली कांग्रेसले प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उमेदवार रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ ।
शुक्रबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको अनौपचारिक बैठकले यस्तो निर्णय गरेको सांसद अुर्जननरसिंह केसीले जानकारी दिए । उनले उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद ठाकुरलाई मत हाल्न सांसदहरूलाई भनिएको बताए ।
“उपसभामुखको निर्वाचनको सन्दर्भमा श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने निर्णय गर्नको लागि अनौपचारिक रूपले बसेका हौँ,” केसीले भने, “यो हाम्रो पूर्ववत् निर्णय भएको भए पनि त्यसको सूचना सबै माननीयज्यूलाई गर्नको लागि बसेको बैठक मात्रै हो ।”
सत्तारुढ दल रास्वपाले समेत ठाकुरलाई नै समर्थन गर्ने निर्णय गरिसकेको छ । उक्त पदमा ठाकुर र राप्रपाकी सरस्वती लामाको उम्मेदवारी छ

































Discussion about this post