Nirvik Khabar

नेपाल उवामहासंघको केन्द्रीय सदस्यमा शंकर गिरीको उम्मेदवारी

Advertisements
Single Page Long - 2

रत्ननगर – रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएका छन्। रत्ननगर वडा नं ३ निवासी गिरी लामो समयदेखि यातायात क्षेत्रमा क्रियाशील छन्।

रत्ननगर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा रहेर कुशल नेतृत्वदायी भूमिका निर्वाह गरेका गिरीले महासंघको जिल्ला नगर उद्योग वाणिज्य संघको खुलातर्फबाट महासंघको कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएका हुन्।

महासंघको ६०औं वार्षिक साधारण सभा तथा महाधिवेशन चैत २९ र ३० गते काठमाडौंमा हुँदै छ।
गिरीले लगानी सुरक्षा, व्यावसायिक विकास र पर्यटन प्रवर्द्धनको विषयलाई चुनावी एजेण्डा बनाएका छन्। बागमती प्रदेशको प्रमुख पर्यटकीय केन्द्र चितवनमा पर्यटक भित्र्याउन निजी क्षेत्रको तर्फबाट भूमिका खेल्ने र सौराहाको पर्यटनलाई फराकिलो बनाउन तीनै तहका सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने गिरीले बताए।

“म निर्वाचित भएपछि चुप लागेर बस्दिनँ,” उनले भने, “लगानी सुरक्षा र पर्यटन विकासको कामलाई जोडतोडका साथ अगाडि बढाउनेछु।” महासंघमा आफू रहँदा विदेशी पर्यटक नेपाल भित्र्याउन र गन्तव्यको विकासका लागि भूमिका खेल्ने उनले बताए।
रत्ननगर उद्योग वाणिज्य संघले व्यावसायिक विकाससँगै उद्यमशीलता विकासको कामलाई अगाडि बढाउँदै आएको छ। घरमै सीमित महिलाहरूलाई सीप सिकाएर स्वरोजगार तथा आत्मनिर्भर बनाउन संघमार्फत भूमिका खेलेका गिरीले महासंघमा पुगेर यसको दायरा अझै फराकिलो बनाउने योजना बनाएको बताए।

“रत्ननगर उवासंघले गरिरहेको कामलाई महासंघसँग जोड्नेछु,” उनले भने, “उद्यमशीलतामार्फत् युवा तथा महिलाहरूलाई उद्यमी बनाउन लागिरहनेछु।” साना तथा घरेलु उद्योग सञ्चालन गरेर स्थानीय उत्पादनको बजारीकरणमा भूमिका खेलिरहेका महिला उद्यमीहरूलाई थप अवसर प्रदान गर्ने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस