Nirvik Khabar

वरिष्ठ अधिवक्ता भण्डारीको जिकिर- जेल ब्रेक अभियोग लाउनुपर्ने व्यक्तिका अरु मुद्दा पनि फिर्ता लिन खोज्नु बदनीयतपूर्ण

Advertisements
Single Page Long - 2

रवि लामिछानेमाथिको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको मुद्दामा सर्वोच्चमा सुनुवाइ जारी छ ।बहस गर्दै रिट निवेदक वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले महान्यायाधिवक्ताको काम मुद्दा अभियोजन गर्ने तर फिर्ता लिने नभएको जिकिर गरे । अदालतको क्षेत्राधिकारमा प्रवेश गरिसकेको विषयमा महान्यायाधिवक्ताको कार्यालयले हस्तक्षेप गर्न नमिल्ने उनको तर्क छ ।

उनले भने, ‘एउटा महान्यायाधिवक्ताले अनुसन्धान गरेर पुरक अभियोग पनि दर्ता गरेको अवस्थामा अर्कोले त्यसलाई फिर्ता लिन सक्दैन । जेल ब्रेकको अभियोगमा मुद्दा चलाउनुपर्ने व्यक्तिका अरु मुद्दा पनि फिर्ता लिन खोज्नु बदनीयतपूर्ण देखियो श्रीमान् !’

भण्डारीले जेमा पनि राजनीतिक प्रतिशोध भन्न नमिल्ने जिकिर गरे ।उनले थपे, ‘भोलि अदालतकै आदेशमा प्रतिशोध भनिँदैन भन्ने के ग्यारेन्टी ? मुद्दा फिर्ता लिने निर्णय सदर भए अदालतको क्षेत्राधिकारमा महान्यायाधिवक्ताको हस्तक्षेप ठहर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस