Nirvik Khabar

बागलुङमा पेट्रोलियम पदार्थको अभाव

बागलुङ । नेपाल आयल निगमले तेलको मूल्य घटाएपछि बागलुङमा पेट्रोलियम पदार्थको अभाव भएको छ । निगमले जेठ १९ गतेदेखि लागू हुने गरी पेट्रोलमा रु १० मूल्य घटाउँदै प्रतिलिटर रु १७० मूल्य निर्धारण गरेको र डिजेल र मट्टितेलको मूल्य १५३ कायमै रहेपछि यहाँका पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको अभाव भएको हो ।

सरकारले मूल्य घटाए पनि पेट्रोलिमय पदार्थको आयातमा कुनै कमी नआएको बताए पनि बागलुङमा भने तेलको चरम अभाव हुन थालेको छ । बागलुङ जिल्ला सदरमुकाममा जम्मा दुई पेट्रोल पम्प छन् । ती दुवै पेट्रोलपम्म प्राय जसो बन्द अवस्थामा देखिन्छन् ।बागलुङमा पेट्रोलिमय पदार्थको अभाव हुन थालेपछि उपभोक्ताले कालोबजारी भएको आरोप लगाएका छन् । उनीहरूले मनोमानी ढङ्गले पेट्रोलियम पदार्थ वितरण गर्ने बताउँदै समय–समयमा पेट्रोल पम्पको अनुगमन गर्न आवश्यक रहेको बताउँछन् ।

बागलुङमा आइतबार दिउँसोदेखि बन्द भएका पेट्रोल पम्प सोमबार दिउँसोसम्म बन्दै अवस्थामा छन् । बागलुङमा डिजेल पेट्रोलको अभाव भएपछि डिजेल र पेट्रोल हाल्न सावरी साधनहरू छिमेकी जिल्ला पर्वत पुग्ने गरेको पाइएको छ । जिल्लामा मूल्य बढाउने समयसम्म कुनै अभाव नभएको डिजेल तथा पेट्रोल मूल्य घटाएपछि अभाव सृजना हुनुले यो अस्वभाविक भएको उपभोक्ताको गुनासो छ ।

बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले पेट्रोलिम पदार्थको अभाव हुनथाले आफूहरूले अनुगमन गर्ने बताएका छन् । “मूल्य घटेपछि पेट्रोलको अभाव भएको सुनियो, यस्तो हुनुनपर्ने, उतैबाट नआएर हो कि, व्यवसायीको चलाखी हो”, सहायक प्रजिअ पौडेलले भने, “हामी जिल्लाका पेट्रोल पम्पको अनुगमन गर्छौँ, डिजेल तथा पेट्रोल भएरसमेत अभाव सृजना गरेको भए कारबाही हुन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस