Nirvik Khabar

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा २५ वर्षीय युवकको मृत्यु, अर्का घाइते

Advertisements
Single Page Long - 2

सुनसरीको हरिनगर गाउँपालिका–१ मा ट्याक्टरको ठक्करबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २५ वर्षीया दीपक दास रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए।

भुटहाबाट हरिनगरतर्फ गइरहेको प्रदेश०१–०२–०५७प ४८९९ नम्बरको मोटरसाइकललाई उखु लिएर आइरहेको स.१ज ४९१४ नम्बरको ट्याक्टरले गएराति ठक्कर दिँदा दासको मृत्यु भएको हो। ट्याक्टरको ठक्करबाट दिपक र मिथुन दास गम्भीर घाइते भएका थिए। गम्भीर घाइते दीपकको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक ओलीले बताए।

अर्का घाइते मिथुनको विराटनगरमा उपचार भइरहेको छ। दुर्घटनापछि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस