Skip to main content

Nirvik Khabar

कञ्चनपुरस्थित राजमार्गमा शंकास्पद अवस्थामा दुई झोला, भित्र के छ भन्ने एकिन हुन बाँकी, १ जना पक्राउ

Advertisements
Single Page Long - 2

कञ्चनपुरको पूर्वपश्चिम राजमार्गमा शंकास्पद वस्तु फेला परेको छ।कृष्णपुर नगरपालिका-२ वाणीस्थित राजमार्गमा २ वटा शंकास्पद झोला भेटिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार फेला परेका झोलाभित्र के छ भन्नेबारे अझै एकिन हुन सकेको छैन।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी हेमबहादुर शाहीसहित सशस्त्र प्रहरी, नेपाल आर्मीको टोली परिचालन गरिएको छ।रार्जमागमा आफूले झोला राखेको बताउने शंकास्पद एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुरक्षाकर्मीले शंकास्पद वस्तुको जाँच गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस