Skip to main content

Nirvik Khabar

सिरहामा बस र मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु, एक जना घाइते

Advertisements
Single Page Long - 2

सिरहामा बस र मोटरसाइकल आपसमा ठोकिंदा २ युवकको मृत्यु भएको छ । दुर्घटनामा एक किशोर सख्त घाइते भएका छन्।पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरापलिका-३ जमनटोकी नजिक आइतबार राति बस र मोटरसाइकल ठोकिँदा धनगढीमाई नगरपालिका-८ का ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन रायको मृत्यु भएको हो ।

गोलबजारबाट पूर्वतर्फ आउँदै गरेको स.५प. ४७५९ नम्बरको मोटरसाइकल र धरानबाट भैरहवातर्फ जाँदै गरेको लु२ख १०८५ नम्बरको बस ठोकिँदा घाइते भएका उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सुधन केसीले जानकारी दिए ।दुर्घटनामा परी १७ वर्षीय धिरज मण्डल सख्त घाइते भएका छन् । मृतक र घाइते तीनै जना एउटै मोटरसाइकलमा सवार थिए ।

घाइते मण्डलको विराटनगरमा उपचार भइरहेको छ । मृतकको शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रदेशिक अस्पतालमा राखिएको छ ।बस र चालक प्रहरीको नियन्त्रणमा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस