Skip to main content

Nirvik Khabar

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

Advertisements
Single Page Long - 2

पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बिहीबार बिहान रैनादेवी छहरा गाउँपालिका–१ स्थित भित्री सडक खण्डमा लु २ ख २००१ नम्बरको टिपर दुर्घटना भएको हो।सिद्देश्वरबाट सन्देवातर्फ जाँदै गरेको टिपर सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका टिपर चालक रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी बस्ने ४८ वर्षीय खिमबहादुर सोमईको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई प्रहरी टोलीले उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगेको थियो।अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस