Skip to main content

Nirvik Khabar

१५ सहसचिव सरुवा, पर्यटन विभागका महानिर्देशक रेग्मी अख्तियारमा

Advertisements
Single Page Long - 2

सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले यो निर्णय गरेको हो।कालीप्रसाद पराजुली संघीय मामिलाबाट गृहमा पुगेका छन् भने बाबुराम गौतमलाई गृहबाट बाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालय पठाइएको छ।पर्यटन विभागका महानिर्देशक डा नारायणप्रसाद रेग्मी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन्।

जयनारायण आचार्य गृहबाट पर्यटनमा पुगेका छन्। अणप्रसाद न्यौपाने चिकित्सा शिक्षा आयोगबाट शिक्षा मन्त्रालय र वसन्तप्रसाद कोइराला लुम्बिनीको मुख्यमन्त्री कार्यालयबाट चिकित्सा शिक्षा आयोगमा सरूवा भएका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस