Nirvik Khabar

चितवन राष्ट्रिय निकुञ्जमा गोविन्दे हात्तीको आक्रमणबाट सैनिक घाइते

Advertisements
Single Page Long - 2

चितवन, श्रावण १४

चितवन राष्ट्रिय निकुञ्जमा गोविन्दे नामक हात्तीको आक्रमणबाट नेपाली सेनाका एक जना सैनिक घाइते भएका छन्।

बुधबार बिहान ७ बजेतिर ड्युटी सकेर फर्किँदै गरेका सैनिकहरूमाथि हात्तीले आक्रमण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले जानकारी दिए।

उनका अनुसार आक्रमणबाट एक जना सैनिक घाइते छन्। घाइते हुनेमा हवल्दार ३८ वर्षीय नन्दबहादुर सिंह छन्।

उनको हात र ढाडमा चोट लागेको छ। उनीसहितको सैनिक टोली रातभरि मचानमा ड्युटी गरी पोष्टमा फर्किएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस