Nirvik Khabar

विपन्न बालबालिकालाई लक्षित गरेर सपना भिलेजद्वारा रत्ननगरमा पोषणयुक्त खाजा कार्यक्रम सुरु

Advertisements
Single Page Long - 2

रत्ननगर, चितवन — सपना भिलेज सोसियल इम्प्याक्टले रत्ननगर–१२ स्थित राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई लक्षित गर्दै पोषणयुक्त खाजा कार्यक्रम सञ्चालन गर्ने भएको छ। विद्यालय प्रशासनसँग औपचारिक सम्झौता गर्दै संस्थाले आगामी दिनमा नियमित रूपमा विद्यार्थीहरूलाई स्वास्थ्यवर्द्धक खाजा उपलब्ध गराउने प्रतिबद्धता गरेको हो।

उक्त विद्यालयमा सीमान्तकृत तथा आर्थिक रूपमा कमजोर समुदायका बालबालिका बढी छन् । उनीहरु पोषणयुक्त भोजनबाट बञ्चित हुँदै आएका छन्। पोषणको अभावले उनीहरूको शारीरिक वृद्धि, बौद्धिक विकास र अध्ययन क्षमतामा नकारात्मक प्रभाव पारिरहेको अवस्थालाई दृष्टिगत गर्दै यो कार्यक्रम प्रारम्भ गरिएको सपना भिलेजले जनाएको छ।

हाल सरकारद्वारा विद्यालयलाई प्रति विद्यार्थी १५ रुपैया उपलब्ध गराइन्छ। यो रकमले गुणस्तरीय पोषणयुक्त खाजा प्रदान गर्न पर्याप्त नहुने देखिएपछि सपना भिलेजले थप खर्च ब्यहोर्ने निर्णय गरेको हो। संस्थाले पोषण विज्ञहरूको सल्लाहमा तयार गरिएको सन्तुलित र स्वादिलो मेनु लागू गर्दै दैनिक आवश्यक पोषक तत्त्वहरू प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन र खनिज समेटिने खाजा प्रदान गर्नेछ। कार्यक्रमले बालबालिकाहरूको समग्र स्वास्थ्य सुधार गर्दै शिक्षामा रुचि र सहभागिता बढाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस