Skip to main content

Nirvik Khabar

क्लिनिक नेपालद्वारा विपन्न परिवारका लागि स्वास्थ्य बीमा नवीकरण

Advertisements
Single Page Long - 2

बद्री अर्याल

चितवन – क्लिनिक नेपालले भरतपुर महानगरपालिका–२७ मा रहेका विपन्न तथा अति आवश्यक परिवारहरूलाई लक्षित गर्दै यस वर्ष पनि नेपाल सरकारको स्वास्थ्य बीमा योजना नवीकरण गरेको छ।

उक्त कार्यक्रम क्लिनिक नेपालको संरक्षणमा रहेका बालबालिका र आसपासका समुदायलाई लक्षित गरी सञ्चालन गरिएको हो। हालसम्म १०० घरपरिवार यो योजनामा समावेश भइसकेका छन्। प्रत्येक घरपरिवारमा औसतमा पाँचदेखि आठ जना सदस्य रहेकाले सयौं व्यक्तिहरूको स्वास्थ्य सेवा पहुँच सुनिश्चित गरिएको क्लिनिक नेपालले जनाएको छ।

स्वास्थ्य बीमा योजनाअनुसार पाँच सदस्यसम्मको बीमा शुल्क रू. ३,५०० तोकिएको छ भने पाँचभन्दा बढी सदस्य भएमा प्रत्येक थप सदस्यका लागि रू. ७०० अतिरिक्त शुल्क लाग्ने व्यवस्था छ।

क्लिनिक नेपालले आगामी आर्थिक वर्ष २०८१/८२ मा बीमित परिवारको संख्या बढाएर १५० पुर्‍याउने लक्ष्य राखेको छ। संस्थाका अनुसार यसले स्थानीय स्तरमा स्वास्थ्य सुरक्षाको पहुँच थप विस्तार हुने विश्वास गरिएको छ।

स्थानीय समुदायमा स्वास्थ्य चेतना अभिवृद्धि र सहज उपचार पहुँच सुनिश्चित गर्न क्लिनिक नेपालको प्रयासलाई सकारात्मक कदमको रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस