Skip to main content

Nirvik Khabar

जैमिनी २ मा पाठेघरको क्यान्सर विरुद्दको एचपीभी खोपको अभिमुखिकरण कार्यक्रम सम्पन्न

Advertisements
Single Page Long - 2

बागलुङ – पाठेघरको क्यान्सर विरुद्दको एच पी भी खोप अभियानको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।जैमिनि २ दमेकमा वडा स्तरिय खोप समन्वय समितिका सदस्य तथा अन्य सरोकारवालाहरुलाई अभिमुखिकरण गरिएको हो ।

खोपको महत्त्व र समुदायका किशोरीहरूलाई खोपको फाइदाबारे जानकारी दिएको दमेक स्वास्थ्य चौकीका प्रमुख हेम कमल क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार माघ २२ गतेदेखि सुरु हुने एचपीभी खोप अभियान अन्तर्गत ६ देखि १० कक्षासम्मका ८७ जना किशोरीलाई खोप लगाइने बताउनुभयो ।

यो अभियानले किशोरीहरूको स्वास्थ्य सुरक्षा र भविष्यमा पाठेघरको क्यान्सर जस्ता गम्भीर रोगहरूबाट बचाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।


अहिले महिलालाई हुने पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले किशोरीहरूलाई एचपीभी नामक भाइरसविरुद्ध उक्त खोप दिन लागिएको हो।

नेपालमा पाठेघरको क्यान्सर महिलाहरूमा हुने क्यान्सरमध्ये शीर्ष स्थानमा छ भने महिला र पुरुष दुवैको गणना गर्दा पनि फोक्सोको क्यान्सरपछि दोस्रो स्थानमा छ। पाठेघरको क्यान्सर प्रायः ह्यूमन प्यापिलोमाभाइरस (एचपीभी) का कारण हुने बताइन्छ। तर यसलाई खोपले रोकथाम गर्न सकिने क्यान्सर मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस