Nirvik Khabar

युद्धमा मारिएका भारतीय नागरिकका परिवारलाई रुसी नागरिकता र क्षतिपुर्ति

Advertisements
Single Page Long - 2

मस्को–युक्रेनविरूद्धको युद्धमा मारिएका भारतीय नागरिकका परिवारलाई रूसले क्षतिपूर्ति दिने प्रक्रिया सुरू गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रूस भ्रमणका क्रममा युद्धमा मारिएका भारतीय नागरिकका परिवारलाई रूसी नागरिकता दिने सहमतिसमेत भएको बताइएको छ ।

रूस सरकारले युक्रेनमा मारिएका परिवारलाई कुल क्षतिपूर्ति रकम १ करोड ३० लाख रूपैयाँमध्ये पहिलो किस्ताबापत ४५ लाख रूपैयाँ पठाइसकेको र बाँकी केही दिनमै पठाउने जनाइएको छ ।

रूसमा भारतीयलाई पठाउने गिरोहका चार जनालाई सीबीआईले पक्राउ गरिसकेको छ । त्यहाँ जाने अधिकांश हैदरावाद, कर्नाटक, उत्तर प्रदेश, कश्मीर, पन्जाब, कोलकातालगायतका स्थानका नागरिक भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस