Nirvik Khabar

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि

नेपाल आयल निगम लिमिटेडले सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर तीन रुपयाँले वृद्धि गरेको छ ।
मूल्यवृद्धि पछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ७८ रुपैयाँ र डिजेल तथा मट्टितेल समान एक सय ६१ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

सोमबार दिउँसो इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद दर आउँदा पेट्रोल दुई रुपैयाँ ९६ पैसा र डिजेल तीन रुपैयाँ ४६ पैसा प्रतिलिटर बढेर आएकाले निगम संचालक समितिबाट मूल्यवृद्धिको निर्णय गरिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । यसअघि १८ चैतमा पनि पेट्रोलको भाउ चार रुपैयाँ प्रतिलिटर वृद्धि गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस