समृद्धि फाइनान्सको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शाखा कार्यालय नारायणगढले आयोजना गरेको रक्तदानमा ४३ युनिट रक्त संकलन भएको छ । कम्पनीका अनुसार रक्तदान जिवनदान भन्ने नारालाई आत्मसाथ गर्दै आयोजना गरिएको उक्त कार्यक्रम नारायणगढ शाखाको प्राङ्गगणमा सम्पन्न भएको हो ।
समृद्धि फाइनान्स लि. नारायणगढ शाखाका शाखा प्रमुख श्री राजु आचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा न–०१ की कार्य वाहक वडा अध्यक्ष श्री राममाया पियाले गर्नुभएको थियो । नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार केन्द्र,भरतपुरको सहकार्यमा सम्पन्न कार्यक्रममा बैङ्ग तथा वित्तीय संस्था, बिमा कम्पनी, सुनचाँदी व्यवसायी तथा विविध टोल बिकास संस्थाका गरी ९० जना प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल तेह्र वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु समेत प्रदान गरिरहेको छ ।
संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत हरेक महिनाको लागि फरक फरक कार्यक्रमहरु तय गरेकोमा फाल्गुण महिनाको लागि रक्तदान कार्यक्रम सम्पन्न गरेको साथै आउने महिनाहरुको लागि विभिन्न मितिहरुमा अन्य कार्यक्रमहरु आयोजना गर्ने तालिका रहेको जनाएको छ । कम्पनीका अनुसार कार्यक्रम बुटवलको रक्त सञ्चार सेवा केन्द्रमा, नारायणगढ शाखाको प्राङ्गगणमा र पुतलीसडकबाट शंकरदेव क्याम्पस अगाडी ट्याक्सी स्ट्याण्डमा सम्पन्न भएको छ ।
Discussion about this post