Skip to main content

Nirvik Khabar

जस्मिन पेन्ट्सद्वारा ‘रंगिन पल खुशी डबल’ ग्राहक उपहार योजना सार्वजनिक

Advertisements
Single Page Long - 2

काठमाडौँ– जस्मिन पेन्ट्सले आफ्नो व्यावसायिक वृद्धिको लागि ग्राहक केन्द्रित योजनाहरू विगतका वर्षहरू देखि नै सञ्चालन गर्दै आएको छ ।

यस वर्ष पनि चाडपर्वहरूमा थप खुशी प्रदान गर्ने उद्देश्यका साथ जस्मिन पेन्ट्सले ‘रंगिन पल खुशी डबल’ ग्राहक उपहार योजना सार्वजनिक गरेको छ ।

यही भाद्र १ गते देखि २०८० मंसिर १५ गते सम्मका लागि ग्राहक लक्षित ‘रंगीन पल खुशी डबल’ ग्राहक उपहार योजना लागू गरेको हाे ।

यस योजनामा सहभागी हुन ग्राहकले नजिकैको डिलरहरूबाट ७५,००० रुपैयाँको भ्याट सहितको जस्मिन पेन्ट्सको उत्पादनहरूको खरिदमा एक लक्की ड्र कुपन प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

विजेताको घोषणा लक्की ड्र कार्यक्रम प्रत्यक्ष प्रसारणमार्फत गरिनेछ । जस अन्तर्गत प्रत्येक महिना ४०० जना ग्राहकहरूले विभिन्न उपहार प्राप्त गर्न सक्ने छन् ।

जस्मिन पेन्ट्सले आफ्नो उत्पादन गुणस्तरलाई ध्यानमा राखी अझै बजार द्रुत गतिमा विस्तार गर्ने लक्ष्य लिएको छ ।

जस्मिन पेन्ट्स अहिले नेपाली पेन्ट्सहरु मध्येकै नम्बर १ पेन्ट्सको रुपमा स्थापित हुन सफल भएको छ । जस्मिन पेन्ट्सले विगत ३० वर्षदेखि निरन्तर रुपमा नेपालको रङ्ग बजारमा रङ्ग उत्पादन गर्दै नेपाल भरि नियुक्त डिलरहरू मार्फत नेपाली मनको नेपाली रङ्ग” भन्ने स्लोगनका साथ आफ्ना उत्पादनहरू ग्राहक समक्ष पुर्‍याइरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस