Nirvik Khabar

तीव्र गतिको सरकारी गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु, गाडीमा फेला पर्‍यो बियरको कार्टुन

Advertisements
Single Page Long - 2

पूर्वी नवलपरासीमा गाडीको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ। गैंडाकोट नगरपालिका–१० सिस्नेमा बा.२ झ ३८५४ नम्बरको सरकारी गाडी (टाटा सुमो)ले गएराति ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो। मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–२५ का ४७ वर्षीय श्यामबहादुर भुजेल रहेका प्रहरीले जनाएको छ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका भुजेलको उपचारका क्रममा मृत्यु भएको पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए।

दुर्घटनामा संलग्न गाडी कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलनिका)को भएको खुलेको छ। गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गाडी तीव्र गतिमा रहेकाले दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। सो गाडीभित्र अर्ना बियरको कार्टुन समेत फेला परेको प्रहरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस