Nirvik Khabar

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने

Advertisements
Single Page Long - 2

शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ । लिग अन्तर्गत आज दुई खेल हुँदैछन् ।अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने लिगको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल ललितपुरको च्यासल मैदानमा बिहान ११ बजे सुरु हुने एन्फाले जनाएको छ ।

यस्तै, आज दिउँसो ३ बजे हुने खेलमा त्रिभुवन आर्मी क्लब र झापा एफसी भिड्नेछन् ।लिगमा एपीएफ क्लब, बागमती युवा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, न्यू रोड टिम (एनआरटी), नेपाल पुलिस क्लब, आरएस रिसोर्ट एण्ड बिच फुटबल क्लब, संकटा क्लव र त्रिभुवन आर्मी क्लब सहभागी छन् ।

वैशाख १२ गतेसम्म ललितपुरको च्यासल मैदानमा सञ्चालन हुने लिगका खेलहरु सिंगल राउन्ड रोविनका आधारमा हुने एन्फाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस