Skip to main content

Nirvik Khabar

मोटरसाइकल रोकेर महिलाले लगाएको गहना लुट्न खोज्दा २ युवक पक्राउ

Advertisements
Single Page Long - 2

रौतहट जिल्लाको गढीमाई नगरपालिका-९, स्थित चिल्मिलियामा गएराति लुटपाट गर्न खोजेको आरोपमा सशस्त्र प्रहरीले २ जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सोही ठाउँ बस्ने २१ वर्षीय सोमनकुमार सहनी र २१ वर्षीय रामेश्वर सहनीलाई नियन्त्रणमा लिइएको हो।

‘लुटपाट गर्न खोज्ने तीन जनामध्ये एक जना भने फरार छन्’, उनले भने। दुई जनालाई भने सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र सुरक्षा बेस सन्तपुरको स्ट्राइकिङ टोलीले नियन्त्रणमा लिएको डीएसपी थापाले बताए।

उनीहरूले रौतहटकै राजदेवी नगरपालिका-८ बस्ने धमेन्द्र राय यादव र उनकी श्रीमती चञ्चला यादव सवार मोटरसाइकल रोकेर चञ्चलाले चन्चलाले लगाएको गहना लुटपाट गर्न खोजेपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।दुवै जनालाई कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस