आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा बुधबार साबिक उपविजेता दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्ने भएका छन्। इडेन गार्डेनमा यो खेल बुधबार साँझ सवा ७ बजे हुँदै छ।जारी विश्वकपमा दक्षिण अफ्रिका र न्युजिल्यान्ड दोस्रो पटक भिड्न लागेका हुन्। विश्वकपको समूह ‘डी’मा रहेको दक्षिण अफ्रिका शीर्ष स्थानमा रहेर सुपर ८ मा पुगेको थियो। न्युजिल्यान्ड पनि समूह ‘डी’कै उपविजेताको रुपमा सुपर ८ मा स्थान बनाएको थियो।समूह चरणमा भएको भेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई ७ विकेटले हराएको थियो। न्युजिल्यान्डले समूह चरणमा भोगेको त्यही एउटा हार थियो।
दक्षिण अफ्रिका सुपर ८ अन्तर्गत समूह १ को शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो। सुपर ८ मा दक्षिण अफ्रिकाले भारतलाई ७६ रनले हराएको थियो। अर्को खेलमा वेस्ट इन्डिजलाई ९ विकेटले तथा जिम्बाब्वेमाथि ५ विकेटको जित निकालेको थियो।दक्षिण अफ्रिका लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुग्न आतुर छ। दक्षिण अफ्रिका २०२४ को विश्वकपको फाइनलमा भारतसँग ७ रनले पराजित भएको थियो। त्यसअघि सन् २००९ र २०१४ मा सेमिफाइनल पुगेको थियो।
यता नेट रनरेटको फाइदा उठाउँदै सेमिफाइनलमा पुगेको न्युजिल्यान्ड दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा स्थान पक्का गर्न चाहन्छ।सुपर ८ को समूह २ मा न्युजिल्यान्ड र पाकिस्तानको समान ३ अंक भएपछि नेट रनरेटमा अघि रहँदै न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको हो।न्युजिल्यान्ड सन् २००७, २०१६ र २०२२ को सेमिफानलिस्ट टोली हो। न्युजिल्यान्ड सन् २०२८ को विश्वकप आयोजक टोली समेत हो। २०२८ को विश्वकप अस्टे«लिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गर्दै छन्।
सुपर ८ मा वर्षातका कारण खेल हुन नसकेपछि न्युजिल्यान्ड र पाकिस्तानले अंक बाँडेका थिए। श्रीलंकालाई भने न्युजिल्यान्डले ६१ रनले पराजित गरेको थियो। सुपर ८ को अन्तिम खेलमा भने इंग्ल्यान्डसँग ४ विकेटको हार भोगेको थियो।हेड टु हेड
दक्षिण अफ्रिकासँगको पछिल्लो पाँच भेटलाई हेर्ने हो भने र न्यु जिल्यान्ड बलियो देखिएको छ। सन् २०१७ मा भएको भेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई ७८ रनले हराएको थियो।२०२५ मा यी दुई टोलीको भेट तिन पटक भएको थियो। ति तीन भेटमा नै न्युजिल्यान्ड दक्षिण अफ्रिकामाथि हावी देखिएको छ।पछिल्लो पटक २०२६ को विश्वकपमा भएको भेटमा दक्षिण अफ्रिकाले नतिजा आफ्नो पक्षमा पारेको थियो।
































Discussion about this post