कपिलवस्तुमा टेलरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
महाराजगन्ज नगरपालिका–३, जमुनीमा लु.२ ख ६१९५ नम्बरको टेलरको ठक्करबाट सोही ठाउँ बस्ने रामसजन पासीकी छोरी करिब दुई वर्षीया प्रियन्का पासीको मृत्यु भएको हो । बालिकाको सोमबार बिहान घटनास्थलमै मृत्यु भएको हो । टेलर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

































Discussion about this post