Skip to main content

Nirvik Khabar

काठमाडौँमा आज खण्डित वर्षाको सम्भावना, अन्य यी स्थानमा पानी पर्ने आकलन

Advertisements
Single Page Long - 2
काठमाडौँ १२ फागुन स् काठमाडौँ मनमैजुबाट मङ्गलबार बिहान देखिएको तुवाँलो लाग्दा सफा नदेखिएको मौसम र घर बस्तिका दृश्य।तस्बिर स् हरिराम भेटुवालर रासस

आज (शुक्रबार) पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ।

यसैगरी आज काठमाडौँ उपत्यकामा पनि खण्डित वर्षाको सम्भावना देखिएको महाशाखाकी मौसमविद् बिनु महर्जनले जानकारी दिइन्।‘अपराह्नतिर काठमाडौँ उपत्यकामा पनि खण्डित वर्षा हुने सम्भावना छ’, उनलेभनिन्, ‘खण्डित वर्षा भनेको ठाउँठाउँमा मात्र पानी पर्ने सम्भावना हो।’ मौसमविद् महर्जनका अनुसार वर्षा हल्का किसिमको मात्रै हुनेछ। अहिले बिहान भने काठमाडौँ उपत्यकामा हुस्सु लागिरहेको छ।

‘अहिले यहाँको भिजिबिलिटी १५ सय मिटर मात्र छ’, उनले भनिन्। यो भिजिबिलिटीले हवाई उडानमा समस्या पार्न सक्छ। यस्तै राति तराईका थोरै स्थानमा तुँवालो रहनेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन ट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस