Nirvik Khabar

नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज

Advertisements
Single Page Long - 2

नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साँझ साढे पाँच बजेदेखि खेल सुरु हुने छ।घरेलु मैदानमा बंगलादेशसँग हुने दुई मैत्रीपूर्ण खेलका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरिएको छ।नेपालले भदौ २४ गते बंगलादेशसँग अर्को मैत्रीपूर्ण खेल खेल्ने छ। दोस्रो खेल पनि दशरथ रगंशालामै हुनेछ।

फिफा बिण्डोअन्तर्गत हुन लागेको दुई मैत्रीपूर्ण खेल दुवै टोलीको एएफसी एसियन कप छनोटको तयारीका लागि महत्त्वपूर्ण मानिएको छ।नेपालको सिनियर टोलीले दुई वर्षपछि घरेलु मैदानमा खेल खेल्न लागेको हो। दुई खेलपछि परिणामको आधारमा विजेता घोषणा गरिनेछ।दुवै खेलबाट स्पष्ट नतिजा नआए दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता टुंग्याउने तयारी छ।​ विजेताले ट्रफी र पदक प्राप्त गर्ने नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

आजको खेलका लागि एन्फाले टिकट दर भीआईपी प्यारापिटतर्फ एक हजार र साधारण प्यारापिटतर्फ ५ सय रुपैयाँ तोकेको छ।दशरथ रंगशालाको करिब १५ हजार दर्शक क्षमता छ। तर क्षमताको २५ प्रतिशत एन्फाले खाली राख्ने उल्लेख गरेको छ। सामान्य प्यारापिट ९ हजार र भिआएपी प्यारापिटमा एक हजार टिकट बिक्री गर्ने एन्फाले जनाएको छ। किरण चेम्जोङ, अविशेक लिम्बू, आदित्य शाक्य, अमित लामा, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, दिप कार्की, दिनेश हेन्जन, जिलेस्पी जगं कार्की, कुशल देउवा, लाकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, रनदिप पौडेल, रोहन कार्की, रोहित चन्द, समीर तामाङ, सृजन राज, सुवास ठकुरी वम, सुमन श्रेष्ठ, टिकेन्द्र थापा, योगेश गुरुङ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस