Nirvik Khabar

फैसला कार्यान्वयनमा सक्रियता बढाउँदै चितवन प्रहरी

Advertisements
Single Page Long - 2

चितवन– विभिन्न आपराधिक कार्यमा संलग्न रहेर फरार भएका एक हजार ५०८ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरी कानूनी दायरामा ल्याएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार गत आर्थिक वर्षमा एक हजार ७६५ मुद्दामा उनीहरूलाई पक्राउ गरी कारबाही गरिएको हो ।

ती मुद्दामा एक हजार ८९२ जना अभियुक्त रहेका छन् । उनका अनुसार यस वर्ष परेका मुद्दामा एक हजार ६९६ जना पुरुष, एक सय ७१ महिला र समलिङ्गी एक जना संलग्न रहेका छन् । तीमध्ये विदेशी नागरिक २४ जना रहेका छन् । २३ जना पुरुष र एक महिला विदेशी रहेको उनले जानकारी दिए ।

पक्राउ पर्नेमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा, सवारी ज्यान, लागूऔषध, जबर्जस्ती करणी, बाल यौन दुरुपयोग, मानव बेचबिखन तथा ओसारपसार, अभद्र व्यवहार, आत्महत्या, चोरी, जुवा, ठगी, विद्युतीय अपराध, बैङ्किङ कसुर रहेका छन् ।

कार्यालयले फैसला कार्यान्वयनतर्फ गत आवमा पाँच सय ८३ जनालाई पक्राउ गरी अदालतमा बुझाएको छ । उनीहरूबाट एक सय २७ वर्ष छ महिना तीन दिन कैद र दुई करोड ५८ लाख ७९ हजार ४१९ जरिवाना असुल गरिएको छ । फैसला कार्यान्वयनका लागि एक हजार ८०७ जना पक्राउ गरी कानूनी दायरामा ल्याउन बाँकी रहेको उनले जानकारी दिए । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस