Skip to main content

Nirvik Khabar

सेयर बजारमा १७ अंकको गिरावट, ५ अर्ब ४७ करोडको कारोबार

Advertisements
Single Page Long - 2

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १७.०४ अंकले घटेर २०९५.२५ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स ०.८६ प्रतिशतले बढेर ३७०.९३ विन्दुमा अडिएको छ।

यसदिन ३१७ स्क्रिप्सको १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार ५५१ रुपैयाँमा खरिदबिक्री भयो।

यसदिन एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। नेपाल फाइनान्सको सेयर १० प्रतिशतले बढ्यो। मनकामना स्मार्ट वित्तीय संस्थाको सेयर ९.९४ प्रतिशतले बढ्दा शिव श्री हाइड्रोपावरको ८.१७,कुथेली बुखारी स्माल हाइड्रोको ७.३५ प्रतिशत र दिव्यश्वरी हाइड्रोपावरको सेयर ६.७१ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्षस्थानमा रह्यो। यसको ३० करोड मूल्य बराबरको सेयर कारोबार भयो। एनआरएन इन्फ्रास्टक्चरको १८ करोड,नगदी ग्रुपको १५ करोड,सीएचडीसी र समृद्धि फाइनान्सको सेयर १३/ १३ करोड मूल्यमा कारोबार भयो।

कारोबारमा आएका ६४ स्टकको मूल्य बढ्दा १७७ वटाको घट्यो भने ६ वटाको मूल्य स्थिर रह्यो। आज होटल्स एण्ड टुरिजम समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस