Nirvik Khabar

क्यान्सर अस्पतालले भोलि २४औँ वार्षिकोत्सव मनाउँदै

निर्भीक खबर
निर्भीक खबर

चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले भोलि (बुधबार) २४औँ वार्षिकोत्सव तथा १९औँ राष्ट्रिय क्यान्सर सर्तकता दिवस मनाउँदै छ । वार्षिकोत्सवको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्ने छन् । वार्षिकोत्सवको उद्घाटनअघि चौबिसकोठीदेखि क्यान्सर अस्पतालसम्म ‘सर्ट म्याराथुन’को आयोजना गरिएको छ ।

वार्षिकोत्सव तथा राष्ट्रिय सतर्कता दिवसको अवसरमा आयोजना हुने कार्यक्रमको बारेमा अस्पतालले आज पत्रकार सम्मेलनगरी जानकारी दिएको हो । अस्पतालको कार्यकारी निर्देशकमा एक महिनाअघि मात्रै नियुक्त भएका डा शिवजी पौडेलले अस्पतालमा सुधारका केहि काम सुरु भएको बताए ।

अस्पतालमा विरामीको उपचारमा सहजता ल्याउन औषधी लगायत विभिन्न किसिमका मेशिन खरिदको प्रक्रिया सुरु भएको उनले बताए । उनले पेट स्क्यान मेशिन खरिद लगायतका भावी योजना प्रस्तुत गरे । ‘अस्पताल भित्र आएका विरामीलाई अस्पताल भित्रै उपचार गर्ने लक्ष्य छ । हाल जनशक्तिको अभावले अफ्ठ्यारो भएको हो,’ उनले भने ।

विशेषगरी अस्पतालको सिटि स्क्यान र एमआरआईमा बीमाको विरामीको चाप उच्च रहेको पौडेलले बताए । ‘दैनिक ५० जना विरामीको सिटिस्क्यान र दैनिक १५ देखि २५ जनासम्म विरामीको एमआरआई गर्नुपर्ने अवस्था छ’, उनले भने । विपन्न र बीमाको अनुदान रकम नआउँदा अस्पताल अहिले ऋणमा रहेको उनले बताए ।

अस्पतालमा उपचार गर्न महिनौ पालो कुनुैपर्ने अवस्थाको अन्त्य गर्ने कोशिस गरेको उनले बताए । बढीमा ३ हप्तामा विरामीले पालो पाउने वातावरण बनाउने उनले प्रतिबद्धता व्यक्त गरे । कुनै उपचार गर्न एक हप्तादेखि १० दिनसम्मको प्रक्रिया नै लाग्न सक्ने भन्दै उनले तीन हप्ताको अवधि धेरै लामो अवधि नभएको बताए ।

0
VIEWS
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available