Nirvik Khabar

होटल ह्याप्पी होमले मनायो छैटौँ वार्षिकोत्सव

चितवन- नारायणगढको होटल ह्याप्पी होमले शनिबार छैटौँ वार्षिकोत्सव मनाएको छ । यस होटलले थारु जातीका विभिन्न परिकार समेत पस्कदै आएको छ । शनिबार सामान्य कार्यक्रमकाबीच होटलले वार्षिकोत्सव मनाएको हो ।

यसपटक आर्थिक मन्दीकाबीच सामान्य कार्यक्रम गरि वार्षिकोत्सव मनाईएको होटल संचालक कृष्ण महतोले जानकारी दिए । ‘कोरोना महामारीपछि श्रृजित आर्थिक मन्दीलगायत विभिन्न उतारचढावकाबीच हामीले वार्षिकोत्सव मनाउन सफल भयौँ, सबैको मायाले गर्दा आज हामी यहाँसम्म आइपुग्न सफल भएका हौं’–संचालक महतोले भने ।

होटल क्षेत्रबाटै जागिर सुरु गरेका महतो पछि आफै होटल स्थापना गरेर अघि बढेका हुन् । उनी होटल व्यवसायी संघमा पनि आवद्ध भएर व्यवसायीको हकहितमा उत्तिकै सक्रिय छन् । उनले होटलले नाफा भन्दा गुणस्तरमा ध्यान दिएको भन्दै ग्राहकको चाहना अनुसार नै अघि बढ्ने प्रतिवद्धता जनाए ।

वार्षिकोत्सवमा सहभागी भएका होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुके, होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट, वरिष्ठ उपाध्यक्ष ऋषिकेश अर्यालय, होटल व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष इमान्दु बराल, दिलकुमार श्रेष्ठ, थारु पत्रकार संघ चितवनका अध्यक्ष दीपेन्द्र चौधरी (दीपेश), कमलनगर टोल विकास संस्थाका अध्यक्ष नारायणप्रसाद सापकोटा लगायतले होटल ह्याप्पी होमका सञ्चालक महतोलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । साभार : नारायणी अनलाइन 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस