Nirvik Khabar

उद्योग संघमा महिला मञ्चमा मनोमानी, विधान सम्वत नभएकाले मनोनयन लिइएनः अध्यक्ष

received_2129529764081875

चितवन-चितवन उद्योग संघको महिला मञ्चको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता गरिएको छ । मनोनयन दर्ता गर्न नदिए पछि संघकी सदस्य अम्बिका धितालले बिरोध जनाउनुभएको छ । आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी उहाँले महिला मञ्चमा संघको नेतृत्वले मनोमानी गरेको आरोप लगाउनु भएको छ ।

उहाँले भन्नुभयो “संघको नेतृत्वले चाहेको ब्याक्तीलाइ नेतृत्वमा ल्याउन बिधान संसोधन गरियो ।” संघले बिधान संसोधन गरेर अध्यक्ष वा पूर्ब अध्यक्षहरुले प्रस्ताव गर्नुपर्ने व्यवस्था गरेको भन्दै उहाँले महिला मञ्चलाई परिवार मञ्च वनाउन खोजीएको आरोप लगाउनु भयो । उहाँले थप्नुभयो “महिला मञ्च हो की श्रीमती साली मञ्च हो ।”

संघको नेतृत्वमा रहँदा आँफुले संघलाई पु¥याएको योगदान र सदस्यहरुको रोजाईमा आँफु परेको भए पनि नेतृत्वले आँफुलाई मनोनयन दर्ता समेत गर्न नदिएको उहाँले बताउनुभयो ।

संघका अध्यक्ष त्रिलोचन कंडेलले धितालको उम्मेदवारी संघको बिधान बिपरित भएका कारण लिन नसकीएको बताउनुभयो । उहाँले भन्नुभयो “नेतृत्व गर्न मञ्चको पदाधिकारी हुनु पर्छ । सदस्यले उम्मेदवारी दिन नपाउने बिधान भएकाले उहाँको उम्मेदवारी लिन नसकीएको हो ।” उहाँको प्रस्तावक र समर्थमा पूर्व अध्यक्षहरु नभएका कारण बिधान अनुसार उम्मेदवारी आउनु पर्ने कंडेलले बताउनुभयो ।

Blue-Modern-College-Admission-Instagram-Post
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस