Nirvik Khabar

प्रेस युनियन चितवनले गर्यो चितवनमा क्रियाशिल महिला पत्रकार संग तीज विशेष कार्यक्रम

चितवन,भाद्र २९ । 
नेपाल प्रेस युनियन चितवनले चितवनमा क्रियाशिल महिला पत्रकारहरु संग तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार बसेनी स्थीत युनियनको आफ्नै भवनमा कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल प्रेस युनियन चितनकी उपाध्यक्ष सिन्धु ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम नेपाल पत्रकार महासंघ की केन्द्रीय सचिव सिर्जना अर्यालले  पुरानो भाकामा तीज गित गाएर उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघकी केन्द्रीय सचिव सिर्जना अर्यालले तिजको शुभकामना व्यक्त गदै तीज महिलाहरुको ठुलो पर्व भएकाले आफूले प्राप्त हक र अधिकारलाई सुनिश्चित गर्दै आफ्नो कर्तव्यलाई भुल्न नहुने धारणा राख्नु भयो ।

पछिल्लो समय तीज गीत भन्दै सस्तो लोकप्रियता कमाउन बजारमा आएका उत्ताउला गीतले तीजलाई भड्कीलो बनाउदै लगेको भन्दै त्यसको बिरुद्धमा महिला पत्रकारलाई खबरदारीका साथ कलम चलाउन आग्रह गर्नु भयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य प्रतिमा सलिवाल, प्रेस युनियन नेपालका पूर्व केन्द्रिय सदस्य बसन्त पराजुली, पत्रकार महासंघकी जिल्ला उपाध्यक्ष प्रमिता ढकाल,प्रेस चौतारी नेपालकी जिल्ला उपाध्यक्ष शान्ता अधिकारी लगायत चितवनमा क्रियाशिल महिला पत्रकारहरुको उपस्थिती रहेको थियो । प्रेस युनियन चितनका अध्यक्ष अनिल ढकालले कार्यक्रममा उपस्थित सम्पूर्ण महिला पत्रकारलाई स्वागत गर्नभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस