Nirvik Khabar

चितवन प्रहरी परिसरमा स्तनपान कक्ष सहित बालमैत्री कक्ष निर्माण

भरतपुर ३ साउन 

जिल्ला प्रहरी कार्यालय चितवनमा स्तनपान कक्ष र बालमैत्री कक्ष निर्माण गरिएको छ । कार्यालयमा आउने सेवाग्राहीको सुविधाका लागि बिभिन्न क्षेत्रको आर्थिक सहयोगमा कार्यालयले उक्त दुई कक्ष स्थापना गरेको हो ।

कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई सहजीकरण गर्ने र सेवा प्रवाहलाई सरल र प्रभाबकारी बनाउनका लागि स्तनपान कक्ष र बालमैत्रीं कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर कार्कीले बताउनुभयो । उँहाले कार्यालयमा बालबच्चा बोकेर आउने महिलाहरुले बालबालिकालाई रमाईलो बाताबरणमा राख्नका लागी बालमैत्री कक्षले सहयोग पुग्ने र बालबाच्चाको दिमागमा नकरात्मक असर पर्न कम हुने बिश्वास लिएको बताउनुभयो । बालमैत्री कक्ष संगै प्रहरी परिसरमा खेल्नका लागी पिङ तथा झोलुङ्गाहरू राखिएको छ ।

प्रहरी प्रमुखको रुपमा रामेश्वर कार्कीले कार्यभार सम्हालेपछि प्रहरी परिसरले मुहार फेर्न थालेको छ । अहिले प्रहरी परिसरमा पक्की वाल लगाउने, ढल निकासको कार्य , सकिएको छ भने मन्दिर निर्माणको चरणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस