Nirvik Khabar

भरतपुर क्यान्सर अस्पतालको प्रमुख कार्यकारीमा प्रचण्ड परिवार विभाजित, कांग्रेसले माग्यो कोटा

काठमाडौं, साउन ३–

भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारका सदस्यको टकरावले अस्तव्यस्त बन्न पुगेको छ ।माओवादी अध्यक्ष प्रचण्डले चितवनलाई निर्वाचन क्षेत्र बनाएपछि नै माओवादीबाट कुनै न कुनै तरिकाबाट भरतपुर क्यान्सर अस्पतालमा समस्या उत्पन्न भएको आरोप छ ।

त्यसमाथि भरतपुर क्यान्सर अस्पतालमा भरतपुर महानगरपालिकाका मेयर पदेन सदस्य रहने भएकाले पनि मेयर रेणु दाहालको चासो रहनु स्वाभाविक हो । तर, क्यान्सर अस्पताललमा प्रचण्डका भाइ नाता पर्ने राष्ट्रियसभा सदस्य नारायण दाहालको लामो समयदेखिको चलखेलका कारण भरतपुर क्यान्सर अस्पतालमा समस्या उत्पन्न भएको छ ।

हाल भरतपुर क्यान्सर अस्पतालमा कार्यकारी निर्देशकको दौडमा नेपाली कांग्रेसका तर्फबाट डा शिवजी पौडेल, माओवादी केन्द्रबाट डा कृष्ण सागर शर्मा दौडमा छन् भने दुवै पार्टीलाई मिलाउनसक्ने भन्दै पूर्वकार्यकारी निर्देशक डा विजय आचार्य लागि परेका छन् ।

डा आचार्यको शक्तिको स्रोत बनेका नारायण दाहालले बाहिरै डिल गर्न थालेपछि माओवादीनिकट चिकित्सकहरू आक्रोशित बनेका छन् । रेणुलाई बाइपास गरेर नारायणले प्रधानमन्त्रीको नाममा डील गरेको आरोप छ ।

भरतपुर क्यान्सर अस्पतालमा प्रधानमन्त्री पुत्री रेणु दाहाल र भाइ नारायण दाहालको चलखेल रोचक छ । प्रचण्ड प्रधानमन्त्री हुँदा नारायण दाहाल उनका प्रशासनिक सल्लाहकार थिए । कांग्रेससँगको गठबन्धन सरकारका स्वास्थ्यमन्त्री थिए गगन थापा ।

स्वास्थ्यमन्त्री थापाले उनीनिकट अनिलविक्रम कार्कीलाई कार्यकारी निर्देशक नियुक्त गर्न चाहन्थे । तर, प्रधानमन्त्री कार्यालय र चितवनको आफ्नो निर्वाचन क्षेत्र भन्दै प्रभावमा पार्न सफल नारायण दाहालले डा आचार्यलाई कार्यकारी निर्देशक बनाउन सफल भएका थिए ।

यो कार्यकालमा दाहालले आर्थिक कारोबारमा आचार्यलाई राम्रै प्रयोग गर्न सफल भएका थिए । आचार्यको घरजग्गा नै दाहालकोमा नामसारी समेत भएको थियो ।उनै दाहाल दोस्रो पटक डा आचार्यलाई नै दोहोर्‍याउन चाहन्थे । त्यसको लागि तत्कालीन अध्यक्षका उमेदबार हालका अध्यक्ष विजयराज न्यौपानेलाई पाखा लगाउदै निर्मल लामिछानेलाई बनाउन सफल भएका थिए ।

अन्तिम समयसम्म डा आचार्यलाई कार्यकारी निर्देशक बनाउन दबाब दिएपनि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारका अगाडि केही नलागेपछि ओलीले रोजेका एमालेनिकट डा देजकुमार गौतम कार्यकारी निर्देशक बनेका थिए ।

यो अवधिमा डा गौतमको कार्यकाल पर्खन गाह्रो भएकाले दाहालले उनलाई हटाउनका लागि भरतपुर महानगरपालिकाकी मेयर प्रचण्डपुत्री दाहाललाई प्रयोग गरेका थिए । यो अवधिमा पनि क्यान्सर अस्पताललाई दोहन गर्न दाहालकै ऐजेण्टहरू लागि परेको क्यान्सर अस्पतालका कर्मचारीहरू बताउँछन् । नेपाल प्रेसबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस