Nirvik Khabar

भारतले चन्द्रमाका लागि पठायो चन्द्रयान-३

आन्ध्रप्रदेश, असार २९-

भारतले शुक्रबार चन्द्रमाका लागि रकेट पठाएको छ।स्थानीय समयअनुसार शुक्रबार दिउँसो २स्३५ बजे आन्ध्रप्रदेशको स्पेसपोर्टबाट चन्द्रयान-३ नाम दिइएको रकेट टेकअफ भएको टाइम्स अफ इन्डियाले जनाएको छ।योजनाअनुसार सबै काम भए यो रकेट आगामी अगस्ट २३ वा २४ मा चन्द्रमाको सतहमा पुग्नेछ।

चन्द्रयान-३ को रोभरले चन्द्रमाको सतहमा सफल अवतरण गरेमा भारत चन्द्रमामा यान पठाउने विश्वको चौथो मुलुक हुनेछ। यसअघि संयुक्त राज्य अमेरिका, रूस र चीनले मात्र आफ्नो यान चन्द्रमामा पुर्‍याउन सकेका छन्।


भारतले चन्द्रमाका लागि यान पठाएको यो तेस्रो पटक हो। सन् २००८ मा भारतले चन्द्रयान-१ पठाएको थियो तर त्यो चन्द्रमाको सतहमा अवतरण भएन।

सन् २०१९ मा भारतले पठाएको चन्द्रयान-२ पनि चन्द्रमामा अवतरण हुन असफल भयो। अवतरण हुन लाग्दा त्यसको रोभर दुर्घटनामा परेको थियो।चन्द्रयान-३ को तौल ३ हजार ९ सय किलोग्राम छ भने यो बनाउन ६।१ अर्ब भारतीय रुपैयाँ लगानी भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस