चितवन- प्रतनिधी सभाका लागी चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा स्वतन्त्र उमेद्वारका रुपमा उठेका सुबास परियार लागु औषध कारोबारमा समातिएका छन् । इलाका प्रहरी कार्यलय नारायणगढको टोलीले उनि सहित अर्का एक युवालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरी टोलीले नारायणगढ बजारका बिभिन स्थानबाट उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने गोरखाको गोरखा नगरपालिका वडा नं.४ बस्ने २० बर्षे सन्त बहादुर अधिकारीको साथबाट नुर्फिन २८ एम्पुल, डाइजेपाम २८ एम्पुल, फेनारगन २८ एम्पुल गरी जम्मा ८४ एम्पुल र नवलपरासी पूर्व कावासोती वडा नं.२ घर भई चितवनको भरतपुर वडा नं.२ बस्ने ३२ बर्षे सुवास परियारको साथबाट डाईजेपाम ७ एम्पुल, नुर्फिन ९ एम्पुल, फिनार्गन ११ एम्पुल गरि जम्मा २७ एम्पुल लागु औषध बरामद गरिएको हो।
पक्राउ परेका दुबैजनालाई चितवन जिल्ला अदालतबाट लागुऔषध सम्बन्धि कसुरमा म्याद थप गरि आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पक्राउ परेका सुवास परियार प्रतनिधी सभाका लागी चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा स्वतन्त्र उमेद्वारका रुपमा रहदै उनले जम्मा ११ भोट ल्याएका थिय ।
Discussion about this post