Nirvik Khabar

कालिकामा ८१ करोड ७७ लाखको बजेट सार्वजनिक, सडक सञ्जाललाई मुख्य प्राथमिकता

चितवन-कालिका नगरपालिकाले आर्थिक वर्ष २०८०\२०८१ का लागि ८१ करोड ७७ लाख ८० हजार बजेट सार्वजनिक गरेको छ ।नगरको जारी नगरसभामा उपमेयर विमला तमाङले उक्त बजेट सार्वजनिक गरेकी हुन् ।

नगर यातायात, सडक सञ्जाल बिस्तार, निःशुल्क हटलाइन सेवा, नागरिक सहायता कक्षबाट गुनासा सुनुवाइगर्ने लगायतका विषयलाई नगरपालिकाले जोड दिएको छ ।सामुदायिक विद्यालयमा भवन निर्माण, स्कुल बस सञ्चालनको विषयसँगै पूर्वाधार निमार्णलाई समेत बजेटमा राखिएको छ । विषयगत बजेट भने प्रस्तुत हुन बाँकी छ । यस अघि नगरले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ ।

यो वर्ष बजेट कटौती भएर आए पनि गौरवका आयोजनाहरू सम्पन्न गर्ने जिम्मेवारी नगरपालिकासँग रहेको मेयर विनोद रेग्मीले जानकारी दिए । असार २५ गते दिनको १ बजे पुन विषयगत बजेट सहित नगरसभा हुने निर्णयगर्दै आजको बैठक सकिएको छ ।

कालिका नगरपालिकाको असार ३ गते सार्वजनिक नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार विकासअन्तगत ‘सुन्दर शहर, सुरक्षित पूर्वाधार र समुदायको दिगोपना’ कायम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । नगरपालिकाको कार्यालयदेखि सबै वडा कार्यालयसम्म पक्की सडक सञ्जाल निर्माण गर्ने नगरपालिकाको लक्ष्य छ । त्यसैगरी व्यवस्थित नगर बसपार्क बनाउन सम्भाव्यता अध्ययन गरिने, नगरका मुख्य बजार क्षेत्रमा अटोपार्क, शक्तिखोर र रन्तेसमा वडास्तरीय बहुउद्देश्यीय बसपार्क निर्माण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस