काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटले मुलुकको आर्थिक समस्याको समाधान दिन नसक्ने बताएका छन् ।
सोमबार बजेट सार्वजनिक भएपछि संसद् भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले अहिलेको बजेटले आर्थिक संकट दर्शाए पनि समाधान नदिने बताए ।
उनले बजेटले संकट दर्शाएको भए पनि संकटको समाधान केही पनि नदिने प्रतिक्रिया दिए । उनले भने, ‘बजेटले संकट दर्शाउँछ तर संकटको समाधान केही पनि दिदैन ।’ओलीले सरकारलेल्याएको बजेटको बारेमा विस्तृत रूपमा पछि धारणा सार्वजनिक गर्ने बताए ।
Discussion about this post