Nirvik Khabar

‘मेरी छोरीलाई भाइस प्रिन्सिपलले हेपेर भने– पढेर गरीखान सक्दिन, बरु स्कुटी किन्दिनू, पठाओ चलाउँछे’

काठमाडौँ– पछिल्लो समयमा चलचित्र निर्देशकका रूपमा चिनिएका उपेन्द्र सुब्बाले आफ्नी छोरीप्रति सुशील केडिया विश्व भारती स्कुल (डिएभी)का भाइस प्रिन्सिपलले गरेको व्यवहारप्रति गुनासो पोखेका छन् ।उनले गएको साँझ सामाजिक सञ्जालमार्फत जोशी थरका भाइस प्रिन्सिपलले गरेको व्यवहारप्रति गुनासो पोखेका हुन् ।

आफ्नी छोरी जावलाखेलस्थित डिएभीको नौ कक्षामा पढ्ने जानकारी दिँदै सुब्बाले पढाइमा अन्य विद्यार्थीभन्दा कमजोर भएर फेल भएकोमा निहुँमा ती भाइस प्रिन्सिपलले हेपेको बताएका छन् ।

पढाइमा फेल भएकी आफ्नी छोरीको नतिजा लिन गएका सुब्बाकी श्रीमती र छोरीलाई ती भाइस प्रिसन्सिपलले गिज्याएको सुब्बाले फेसबुक स्टाटसमा उल्लेख गरेका छन् ।

‘भाइस प्रिन्सिपलको कोठामा पस्नासाथ– यसको बुवा खै, किन नआएको ? भनी सोधियो रे । नानीको आमाले बिजी भएर आउन पाउनुभएन भनिछन् । भाइस प्रिन्सिपलसहित अरु दुई जनाले गिज्याएर हाँस्दै होच्याएर, हेपेर– यो बच्चलाई हामी पढाउन सक्दैनौं, अन्त स्कुल लानू । यहाँ यिनलाई सिकाउने कुनै औषधि छैन । यिनले पढ्नै सक्दिनन्’ भनेछन् । पहिला पनि जोशी सरले ‘पढेर केही गरीखान सक्दिन, बरु एउटा स्कुटी किन्दिनू, पठाओ चलाएर खान्छे भनेको भन्दै मकहाँ आएर आमाछोरी दुवै रोए,’ उनले लेखेका छन् ।

यस विषयका कारण आफूलाई रातभरि निद्रासमेत नलागेको सुब्बाले बताएका छन् ।साथै, रातभर छोरीको आँखाबाट बरर झरेको आँसु आफ्नो आँखाबाट नहटेको र स्कुलको गैरजिम्मेवारीपनले आफ्नी छोरी रुनु परेको उनको भनाइ छ ।

‘विद्यार्थी कमजोर हुनुमा आठ–नौ वर्षदेखि पढाउने स्कुलको पनि दोष हो कि विद्यार्थीको मात्रै ?,’ उनले प्रश्न गरेका छन्, ‘एउटा विद्यार्थी फेल हुँदा ऊभन्दा बढी शिक्षक र स्कुल फेल हुन्छ भनेर पढेको थिएँ ।’

त्यसपछि आफूले भोलिपल्ट विद्यालय गएर आफ्नी छोरीलाई जस्तो व्यवहार अरुलाई नगर्नू भनेर छोरीको ट्रान्सफर मागेको खुलासा पनि सुब्बाले गरेका छन् ।‘मेरी छोरीलाई जस्तो व्यवहार अरु विद्यार्थीलाई नगर्नू । हरेक बच्चा क्षमतावान हुन्छन् । एकै किसिमको क्षमता नराखे पनि विशेष क्षमता राख्छन् । बच्चाहरूलाई हतोत्साह नगर्नू । बच्चाको अघि उसको अभिभावकसँग बोल्दा सम्मानले बोल्नू, आर्थिक रुपमा गरिब परिवारकै किन नहोस्,’ फर्किदै गर्दा शिक्षकलाई आफैले सम्झाएको उनले बताएका छन् ।

सुब्बाले आफ्नी छोरीलाई गायन, पेन्टिङ, नृत्य, अभिनयमा रुची रहेको खुलासा गरेका छन् । छोरीले फिक्सन पढ्न पनि रुचि राख्ने गरेको उल्लेख गर्दै उनले भनेका छन्, ‘अब उनी छोरीलाई पढाउने अर्काे स्कुलको खोजीमा छु ।’सुब्बाको चलचित्र ‘जारी’ले अहिले चलिरहेको छ । यसले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस