Nirvik Khabar

कोर टिममा श्रीमतीको नाम आएसँगै रविले भने यसो

Advertisements
Single Page Long - 2

काठमाडौं । कोर टिममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेलको नाम आएसँगै लामिछाने कायरहरू खनिएको प्रतिक्रिया दिएका छन् । बुधवार राति सामाजिक सञ्जालमार्फत उनले यस्तो लेखेका हुन् ।

तीन जनाको कोर टिममा निकितासँगै पार्टी उपसभापति डोलप्रसाद अर्याल र केन्द्रीय सदस्य दीपक बोहोरा भएको खुलासा भएको थियो । लामिछानेले भनेका छन्, ‘एक आफैमा योग्य, सक्षम महिला जसलाई आफ्नो श्रीमानको प्रगति बाहेक राजनीतिमा केही लिनु दिनु छैन, कायरहरू उसमाथि खनिएका छन्। बिना आधार, बिना प्रमाण कायरतापूर्वक गरिएको आक्रमणको हिसाब राखेका छौं।’

उनले निराधार राखिएका समाचार र पोस्टहरु नहटाए कडा कानुनी प्रक्रियामा जाने चेतावनी समेत दिएका छन् । उनले लेखेका छन्,’ निराधार राखिएका समाचार र पोस्टहरु नहटाए कडा कानुनी प्रक्रियामा जान्छौ। प्रिय निकिता पौडेल बिना कारण तिमीले सहनु परेको बदनामी र तनाव प्रति कायरहरूको तर्फबाट म क्षमा चाहन्छु। पिर नगर, हामी यो घेराबन्दी तोड्नेछौ, हामी जित्नेछौँ।’

रास्वपा सांसद डा. ढाकाप्रसाद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि कोर टिमको खुलासा गर्ने अभिव्यक्ति दिएका थिए । रास्वपाले सांसद श्रेष्ठलाई निस्काशित गरेको छ । उनलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट कारबाही भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस