Nirvik Khabar

को हुन् रविका कोर टिमका दुई जना जसले मन्त्री बनाउन आफ्नै सांसदसँग रकम माग गरे ?

received_2129529764081875

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ ।आफू स्वास्थ्य मन्त्री बन्नका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै श्रेष्ठले प्रसाईंसँग रकमको डिल गरेको अडियो सार्वजनिक भएको हो ।

अडियोमा श्रेष्ठले पार्टी सभापति रवि लामिछानेका मान्छेलाई बुझाउनका लागि उक्त रकम चाहिएको बताएका छन् । कपुरबोट डटकमले सार्वजनिक गरेको अडियोमा सांसद श्रेष्ठले मन्त्री बन्नका लागि नेताहरूले आफूसँग साढे २ करोड मागेको बताएका छन् ।

सुरुदेखि नै रविलाई सहयोग गर्दै आएको ‘कोर टिम’ले रकम मागेको सांसद ढाकाकुमारको भनाइ छ । सांसद श्रेष्ठ र दुर्गा प्रसाईंबीचको अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद श्रेष्ठलाई निलम्बन गर्दै अनुसन्धान सुरु गर्न लागिएको बताएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र रास्वपाका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठबीचको कुराकानीमा स्पष्टरुपमा मन्त्री बन्ने भए साँढे दुई करोड रुपैयाँ पार्टीलाई बुझाउनुपर्ने भएको र त्यति रकम आफूसँग नभएको श्रेष्ठले बताएका छन् । त्यसका लागि सहयोग गरिदिन श्रेष्ठले प्रसाईसँग आग्रह गरेका छन् ।

मेडिकल व्यवसायी प्रसाई स्वास्थ्य मन्त्री हुने कन्फर्म भए आफू दुई करोड रुपैयाँ दिन तयार भएको तर सहयोगको ग्यारेन्टी खोजेका छन् ।प्रसाईले ‘यो पनि रविलाई नै त जाने होला नि’ भन्दै श्रेष्ठलाई दिने भनिएको सहयोग कहाँ पुग्छ भनी सोधेका छन् । ढाकाले रविले सिधै उक्त रकम नमागेको र रविको ‘कोर टिम’मा रहेर काम गरेका दुई जनाले उक्त रकम मागेको र उक्त रकम पार्टीकै लागि भएको विश्वस्त पार्न खोजेका छन् । उक्त रकम पार्टीलाई जाने हो कि होइन पनि थाहा नभएको श्रेष्ठको भनाइ छ ।

Blue-Modern-College-Admission-Instagram-Post
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस