चितवन, फागुन १३
चितवनको भरतपुर महानगरपालिका–४, लंकुमा करिव पाँच करोड रुपैयाँको लगानीमा चितवन ड्राइभिङ स्कुल संचालनमा आएको छ ।आज (शनिबार)बाट औपचारिक रुपमा चितवन ड्राइभिङ स्कुल संचालनमा आएको हो । ड्राइभिङ स्कुलका संचालक माधव प्रसाद अधिकारीले गुणस्तरीय प्रशिक्षण विधिबाट सवारी चालक प्रशिक्षण दिन आधुनिक सुविधासहितको ड्राइभिङ स्कुल संचालनमा ल्याईएको बताए । उनले सरकारको सवारी चालक निर्देशिका २०७४ बमोजिम सबै मापदण्ड पुरा गरि यस स्कुलले चितवनमै पहिलोपटक आधिकारिक मान्यता प्राप्त गरेको समेत बताए ।
यस औपचारिक रुपमा स्कुल सञ्चालनमा आएसंँगै एक साताको लागि ५० प्रतिशत छुट सुविधा उपलब्ध गरिएको सञ्चालक अधिकारीले जानकारी दिए । उनका अनुसार चितवनमा कमजोर शारिरीक क्षमता भएका व्यक्तिलाई निःशुल्क सवारी चालक प्रशिक्षण दिन पनि शुरु गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उनीहरुलाई निशुल्क सवारी चालक प्रशिक्षण दिन शुरु गरिएको अधिकारीले बताए ।‘यस भन्दा अघि पांँच जनाले निशुल्क सवारी चालक प्रशिक्षण लिईरहनु भएको छ । आजबाट स्कुल औपचारिक रुपमा सञ्चाललनमा आएसंँग आवश्यकता अनुसार अन्य त्यस्ता व्यक्तिलाइ निःशुल्क प्रशिक्षण दिनेछौं’ अधिकारीले भने ।
यस स्कुलमा दक्ष अनुभव प्रशिक्षक द्धारा सवारी साधनको सैदान्तिक तथा व्यवहारिक ज्ञान संँगै परामर्श दिइने अर्का सञ्चालक विवेकजंग थापाले जानकारी दिए ।अत्यधुनिक पूर्वाधार सहित यो ड्राइभिङ स्कुलमा यातायात विज्ञ माधव प्रसाद अधिकारीसहित युवाहरु राजन क्षेत्री, विवेक जंग थापा र रामनारायण घिमिरेले करीब ५ करोड लगानीमा यो स्कुल सञ्चालनमा ल्याएका हुन् ।
अत्यधुनिक पूर्वाधार र सेवासहित दुईविघा क्षेत्रफलमा फैलिएको यो स्कुलमा प्रशिक्षार्थीलाई लक्षित गरी हाल दश जना प्रशिक्षकद्धारा एकैपटक २० जना भन्दा बढी प्रशिक्षार्थीलाई प्रशिक्षण दिने क्षमता यस स्कुलको रहेको छ । हाल स्कुलमा मोटरसाइकल, स्कुटर, अटो र हलुका चारपांँग्रे सवारी साधन प्रशिक्षणको सुविधा रहेको छ ।
आगामी दिनमा ट्राफिक प्रहरीको समन्वयमा ट्राफिक नियम तथा सचेतना जस्ता विषयलाई पनि सँगै लैजाने योजना रहेको अर्का सञ्चालक रामनारायण घिमिरेले बताएं । यस स्कुललाई देशकै नमुना ड्राइभिङ स्कुलमात्र नभै सवारी सुरक्षा सम्बन्धी अध्ययन केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेको उनको भनाई छ ।
Discussion about this post