काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको छ ।
प्रधानमन्त्री दाहालले बुधबार बिहान अध्यक्ष ओलीको बालकोटस्थित निवासमा पुगेर उहाँलाई भेट्नु भएको हो । भेटवार्तामा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच पछिल्लो समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रपति निर्वाचन र मन्त्रिपरिषदलाई पूर्णता दिने लगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राष्ट्रपति आफूले पाउनुपर्ने र गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुपर्ने एमालेको अडान छ । तर गृह मन्त्रालय नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिसकेको छ । सभामुख र केही महत्वपूर्ण मन्त्रालय पाइसकेको एमाले भने प्रधानमन्त्री दाहाललाई फकाएर राष्ट्रपति पद पनि हात पार्ने रणनीतिमा रहेको छ ।
Discussion about this post