Nirvik Khabar

चितवनको कालिकामा खाग काटिएको अवस्थामा मृत गैंडा भेटियो

Advertisements
Single Page Long - 2

चितवन, मंसिर १८-

चितवनको कालिका नगरपालिका–१ मा मृत गैंडा भेटिएको छ ।चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा मृत गैंडा फेला परेको हो ।गैंडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने आशंका डिभिजन वन कार्यालयले गरेको छ । गैँडाको खाग र खुर भेटिएको छैन ।

डिभिजन वन कार्यालय चितवनका अनुसार गैंडाको खप्पर र हड्डी मात्रै भेटिएको छ । गस्तीका क्रममा मृत गैंडाको हाडखुर मात्रै भेटिएको डिभिजन वन कार्यालय चितवनका प्रवक्ता बालकृष्ण खनालले जानकारी दिए । उनका अनुसारको गैंडाको खाग काटिएको अवस्थामा भेटिएको छ । डिभिजन वन र चितवन राष्ट्रिय निकुञ्जको टोली पुगेर पोष्टमार्टम गरेको थियो । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा गस्ती कम हुँदै जाँदा गैँडा मरेको जानकारी ढिला गरी मात्रै प्राप्त हुन थालेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस