बाली – अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङ सँगको शान्तिपूर्ण भेटपछि चीनसँग ‘नयाँ शीतयुद्ध’ नहुने वाचा गरेका छन्। उनले चीनले ताइवानमाथि आक्रमण गर्नेमा आफूलाई विश्वास नभएको पनि बताए।
बाइडेनले पदभार ग्रहण गरेपछि दुई महाशक्ति नेताहरू बीचको यो पहिलो व्यक्तिगत भेट थियो। इन्डोनेसियाको टापुमा भएको जी २० शिखर सम्मेलनको एक दिनअघि बालीमा भएको वार्तामा दुवैले उत्तर कोरिया र रुसले युक्रेनमाथि गरेको आक्रमणबारे पनि छलफल गरेका थिए।
अगस्टमा अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्दा तनाव बढेको थियो। चीनले यस टापुको वरिपरि ठूलो मात्रामा सैन्य अभ्यास गरेको थियो, जसका कारण अमेरिका र चीनबीच सम्भावित द्वन्द्वको डर बढाएको थियो।

































Discussion about this post