Nirvik Khabar

घातक रोगका औषधी र स्वास्थ्य जाँच निःशुल्क उपलब्ध गराउने समाजवादीको घोषणा

नेकपा एकीकृत समाजवादीले १५ वर्षमुनिका बालबालिका तथा ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, अपाङ्ग भएका व्यक्ति, असहाय र विपन्नको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने घोषणा गरेको छ । आगामी मंसिरमा हुने निर्वाचनका लागि सोमबार सार्वजनिक घोषणापत्रमा ज्येष्ठ नागरिक, अपाङ्ग, असहाय र विपन्नलाई निःशुल्क परीक्षण र उपचारको स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको हो ।

‘सबै नागरिकलाई सहजरुपमा अनिवार्य स्वास्थ्य बिमामा आबद्ध गरी गरिबीको रेखामुनि रहेका जनताका लागि रकमको ५० प्रतिशत रकम सरकारले भुक्तानी गर्ने,’ घोषणा पत्रमा उल्लेख छ । यस्तै, घोषणा पत्रमा मुटु, मिर्गौला रोग, मधुमेह, उच्च रक्तचाप र घातक रोगका औषधी र स्वास्थ्य जाँच निःशुल्क उपलब्ध गराउने जनाइएको छ । क्यान्सर, मुटु, मिर्गौला, कलेजोको रोगलगायत जटिल र र्दीघ रोग लगायतका बिरामीलाई उपचार र औषधी खर्चबापत मानिसक पाँच हजार सहयोग उपलब्ध गराइने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस